२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पद्दमोदय जुत्ता मेलामा ग्राहकहरुको भीड बढ्दो, दोहोरिँदै प्रयोगकर्ताहरु

पद्दमोदय जुत्ता मेलामा ग्राहकहरुको भीड बढ्दो, दोहोरिँदै प्रयोगकर्ताहरु

पुतलीसडकको पद्दमोदय मोड ९सिंहदरबारबाट फन पार्क आउँदा बायाँ पट्टि, ट्राफिक बिटको अगाडि, जाडो मौसमलाई लक्षित गरी महाकुम्भ सेल मेलामा उपभोक्ताको भीड बढेको छ ।

पछिल्लो समय नेपाली जुत्ताका पारखीहरु बढ्दै गइरहेको अवस्थामा सुलभ दरमा संघमा आवद्ध सबै कम्पनीहरुलाई समेटेर आफ्नो स्थायी प्रदर्शनी स्थलबाट अति विशेष छुटमा जुत्ताहरु उपलब्ध गराइएको छ ।
मेलामा साइनिङ पार्टी शुज, क्ववाटर शुज, अफिस शुज, क्याजुअल शुज, क्वाटर बुट, हाफ बुट, फुल बुट, अफिसर बुट, लोफर शुज, स्कुल तथा कलेज शुज, स्पोर्टस् शुज लगायत सबै भेराइटीका जुत्ताहरु मेलामा उपलब्ध रहेको समेत आयोजकले जनाएको छ ।

मेला ‘यहाँ भन्दा सस्तो कतै छैन, यहाँ भन्दा राम्रो कतै छैन’ भन्ने नाराको साथ सञ्चालन भइरहेको छ । यस ‘पद्दमोदय जुत्ता महाकुम्भ मेला २०७५’ प्रति ग्राहकहरुको चासो निकै बढेको पाइएको छ । स्थायी रुपमा नै मेला आयोजना हुँदा विक्री पछिको सेवालाई प्रभावकारी बन्ने र उपभोक्ताले निसङ्कोच रुपमा सेवा लिन किने भएको कारण उपभोक्ताहरुको मेला प्रति आकर्षण बढेको हो ।

मेलास्थलको बारेमा जानकारी लिन सेतोघर टीम मेलास्थल पुग्दा पनि ग्राहकहरुको भीड कायम नै थियो । त्यसै समयमा उपस्थित बानेश्वरका श्याम लामिछाने आफूले ६ महिना पहिले पनि पद्दमोदय मोडको जुत्ता मेलाबाट नै जुत्ता किनेको र गुणस्तरीय पाएको कारण यसपटक बुबालाई र आफूलाई गरी २ जोर जुत्ता किनेको बताए ।


अर्का ग्राहक भक्तपुर निवासी राम कार्की मेलाबारे भन्छन्, ‘मैले दशैंको समयमा पनि यसै प्रदर्शनीस्थलबाट जुत्ता किनेको थिएँ, विक्रेताको सेवा प्रति म पूर्ण सन्तुष्ट छु । स्थायी रुपमा नै मेला आयोजना हुँदा हामी पूर्ण विश्वस्त समेत छौं । सकारण यस पटक यस मेलास्थलमा आउँदा मैले साथीलाई समेत लिएर जुत्ता किन्न आएको छु ।’

अर्का एकजना निजामती कर्मचारी भुवन लामा आफ्नो कार्यालयका अन्य कर्मचारीहरु पनि यसै प्रदर्शनीस्थलबाट नै जुत्ता किन्दै आएको जानकारी पाएको कारण आफू पनि मेलास्थलमा नै आएको प्रतिक्रिया दिए ।
मेलाबारे कुनै जानकारी वा जिज्ञासा भए ९८६७०५९०६१ र ९८६७०५९०६९ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij