२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पञ्चाङ्गको प्रष्टीकरण- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)  

पञ्चाङ्गको प्रष्टीकरण- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)  

A Hindu priest ties a sacred thread on the hand of a devotee during the Janai Purnima, or Sacred Thread, Festival at the premises of Pashupatinath temple in Kathmandu August 21, 2013. Hindus take holy baths and change their sacred thread, also known as Janai, for protection and purification during the festival. REUTERS/Navesh Chitrakar (NEPAL - Tags: RELIGION SOCIETY)

काठमाडौँ, १३ भाद्र । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार भएको प्रष्ट पारेको छ। यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको समितिले जनाएको छ। बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो।धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको छ। बुधबार ११:२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ। बिहीबार ५:१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ। यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन्। ​उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ।

‘भदौ १४ गते बिहीबारपर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हाम्रो धर्म संस्कृति र परम्परा अनुकुल रहेको छ। अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न मिल्दैन’, समितिले भनेको छ, ‘रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नुपर्ने देखिन्छ। हालसम्म रक्षाबन्धन र जनैपूर्णिमालाई अलग–अलग गर्ने परम्परा छैन।’

यद्यपि आफ्नो शाखासूत्र परम्पराअनुसार पर्व मनाउन सबैलाई छुट रहेको पनि समितिले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij