२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

न्यूजिल्याण्डले जित्यो कोरोना भाइरसविरुद्धको युद्ध!

न्यूजिल्याण्डले जित्यो कोरोना भाइरसविरुद्धको युद्ध!

न्यूजिल्याण्डले कोरोना भाइरस विरुद्धको युद्ध जितेको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताएकी छन् । परीक्षण नभएको कोरोना भाइरसका कुनै पनि केस न्यूजिल्याण्डमा नरहेको उनले बताएकी हुन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन न्यूजिल्याण्डले सोमबार मध्यरातदेखि केही खुकुलो पार्दै छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने लक्ष्य न्यूजिल्याण्डले प्राप्त गरेको स्वास्थ्य विभागका महानिर्देशक डा. एब्ले ब्लूमफिल्डले बताएका छन् । यसको अर्थ कोरोना भाइरसको संक्रमण कतै नरहेको भन्ने नभइर त्यसको स्रोत थाहा रहेको उनले स्पष्ट पारेका हुन् ।

न्यूजिल्याण्डमा सोमबार एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै थप एकजनाको मृत्यु भएको छ । अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । यस्तै कुल संक्रमितको संख्या १४ सय ६९ छ र त्यसमध्ये ८० प्रतिशत भन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij