२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेशनल र महिला सहयात्राकाे स्वाप रेसियाे कस्ताे रहला ?

नेशनल र महिला सहयात्राकाे स्वाप रेसियाे कस्ताे रहला ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । महिलाले नेशनलसँग मर्जरको लागि ६० प्रतिशतको स्वाप रेसियो मागेको छ । तर, नेशनलले ५५ सम्म दिन सकिने जनाएको थियो । यद्यपि, डीडीएको रिपोर्टअनुसार स्वाप रेसियो तय गरिने जनाइएको छ । सम्भवतः ६० प्रतिशतको स्वाप रेसियोमा आन्तरिक सहमति भएर गाभ्ने/गाभिने सम्झौता भएको छ ।

नेशनल माइक्रोफाइनान्स ७ प्रदेशका ४३ वटा जिल्लामा फैलिएका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्था हो । यो लघुवित्तमा ४ वाणिज्य बैंकहरूले ४८.५ प्रतिशत, ३ वटा विकास बैंक र वित्तीय संस्थाले १२.५ प्रतिशत, व्यक्तिगत संस्थापकले ९ प्रतिशत र सर्वसाधारणले ३० प्रतिशत लगानी गरेका छन् । नेशनल माइक्रोफाइनान्सको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij