२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेप्सेमा सामान्य वृद्धि !

नेप्सेमा सामान्य वृद्धि !

साताको पहिलो दिन सेयर बजारमा केही सुधार देखिएको छ । तीव्र उचारचढावकाबीच आइतबार सेयर बजार ८ दशमलव ११ अंकले बढेर बन्द भएको हो । 

आइतबार १ हजार १ सय ९२ दशमलव ९८ अंकबाट शुरु भएको कारोबार ८ दशमलव ११ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय दशमलव ०९ अंकमा आइपुगेको छ ।

यसअघि गत बिहीबारको कारोबारमा भने नेप्सेमा दोहोरोको अंकको गिरावट देखिएको थियो । नेपाल राष्ट्र बैंकले मौदि्रक नीति सार्वजनिक गरेको भोलिपल्ट अर्थात साताको अन्तिम दिन सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको थियो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको थियो ।

मौद्रिक नीति सार्वजनिक भएकै भोलिपल्ट सेयर बजार दोहोरो अंकले घटे पछि निराश बनेका लगानीकर्ताहरुमा आइतबार थोरै भए पनि खुसी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij