काठमाडाैं, २९-पुसः नेपाल हस्तकला महासंघकाे ४४ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । दुई दिने महासंघ सधारण सभाबाट रबिन्द्र शाक्य अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
यस्तै महासङ्घको उपध्यक्षहरुमा सबितासिं महर्जन, प्रताप शाक्य किरण स्थापित, मालिका श्रेष्ठ र नविन शाक्य निर्वाचित हुनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाइ सम्बेधन गर्दै रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्रमा सरकारको सधैँ प्राथमिकता रहने बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैंले मिहिनेत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गर्नुभएको थियो । ‘हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो । यहाँका विशेषता र कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के–के गर्नुपर्छ भन्नेबारे महासंघलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।’
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरूपमा ११ लाख रोजगारी सिर्जना गरेको छ भने यसले करिब ११ अर्ब रुपैयाँ मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको जनाइएको छ । कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान पनि गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij