
काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएसनको स्थापन दिवस सम्पन्न भएको छ । १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा धितो मूल्यांकन कार्यमा संलग्न ठूलो संख्याका व्यक्तिहरुको उपस्थित रहेको थियो ।
मंगलबार मध्य बानेश्वर स्थित म्याक डोनाल्ड क्याफेमा आयोजित ल्ख्ब् स्थापना दिवस कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष ई।ऋषि कोइराला रहनुभएको थियो ।
स्वागत मञ्तव्य राख्दै संस्थाका उपाध्यक्ष लक्ष्मणबाबु सेढाईले आफूहरूको पेशा अपहेलित पेशाको रुपमा रहँदै आएको र सबैको एकता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन सचिव अशोक सिलवालले गर्नुभएको थियो ।
कार्यक्रममा धारणा राख्ने वक्ताहरुले एसोसिएसनलाइ मजबुत पार्दै लैजानुपर्ने, सशक्त रुपमा भूमिका खेल्नुपर्ने, क्षमता विकासलाइ अझ प्रभावकारी बनाइनुपर्ने, व्यावसायिक अभ्यासलाइ अझ प्रभावकारी बनाइनुपर्ने लगायत सम्बन्धमा केन्द्रित रही धारणा राखेका थिए ।

कार्यक्रमको अवसर पारेर न्यूजलेटर सार्वजनिक गरिएको छ भने धितो मूल्यांकन क्षेत्रका केही अग्रजहरुलाइ सम्मान समेत गरिएको छ ।
हाल यस संस्थामा करिब ८ सय सदस्य व्यवसायीहरू आवद्ध रहेको छन् ।
यो संस्था १३औँ बर्षमा प्रवेश गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij