२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपाल बैंक लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंक लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न

शुक्रबार नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभासञ्चालक समितिका अध्यक्ष श्री वासुदेव अधिकारीज्यूको अध्यक्षतामा नेपाल एपीएफ क्लव, हलचोक, काठमाडौमा सम्पन्न भएको छ । सोही अवसरमा बैंकको आर्थिक वर्ष २०७५-७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल सहित उक्त प्रतिवेदन पारित भयो ।

सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रु. ९८,११,१४,८०० (अक्षेरुपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रु. १,४७,१६,७२,२००÷– (अक्षेरुपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
हाल नेपाल बैंक लिमिटेडको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी रु.११,२८,२८,२०,२०० (अक्षेरुपी एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij