२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपाल बैंक लिमिटेडकाे कर्मचारी र ग्राहकहरुलई बुद्ध एयरबाट विशेष छुट प्रदान गरिने

नेपाल बैंक लिमिटेडकाे कर्मचारी र ग्राहकहरुलई बुद्ध एयरबाट विशेष छुट प्रदान गरिने

काठमाडौं, २८ पुसः नेपाल बैंक लिमिटेडकाे कर्मचारी र ग्राहकहरुलई बुद्ध एयरबाट प्रदान गरिने सेवा र Cargo services का विभिन्न शुल्कहरुमा विशेष छुट पाउने भएको छ । विहीबार नेपाल बैक र बुद्ध एयर बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुुुसार बैंकका कर्मचारी र ग्राहक वर्गले बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरु अन्तर्गत टिकट (Buddha Air Office Counter) शुल्कमा ८ प्रतिशत र Cargo services मा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले एक विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौताबाट बैंकका कमंचारी र ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij