काठमाडौं, २८ चैतः नेपाल बार एशोसिएसनको हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले अध्यक्ष पदमा भारी मतसहित जित हासिल गरेका छन्।
मिश्रले ५०५२ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धी, माओवादी केन्द्रलगायतका दलहरूको समर्थनमा उठेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पछि पारे। श्रेष्ठले २६२१ मतमा सिमित भए।
त्यस्तै, महासचिव पदमा पनि गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइरालाले ४८७४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरे।
अन्य पदहरूमा समेत कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। उपाध्यक्ष पदमा विभिन्न प्रदेशबाट निम्न उम्मेदवारहरू निर्वाचित भएका छन्:
कोशी प्रदेश: पदमप्रसाद लिम्बु
मधेश प्रदेश: अजयशंकर झा
बागमती प्रदेश: तेजबहादुर रावल
गण्डकी प्रदेश: भूपेन्द्र खनाल
लुम्बिनी प्रदेश: कृष्णप्रसाद पोख्रेल
कर्णाली प्रदेश: विवसकुमार बस्नेत
सुदूरपश्चिम प्रदेश: सिद्धराज ओझा
महिला खुला उपाध्यक्ष: सरस्वति श्रेष्ठ
त्यस्तै, कोषाध्यक्ष पदमा जगतबहादुर कार्की निर्वाचित भएका छन्। निर्वाचन परिणामले बार एशोसिएसनभित्र कांग्रेस–एमाले गठबन्धनको बलियो पकड पुष्टि गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij