सेना दिवसका अवसरमा आज नेपाली सेनालाइ शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले एक सन्देश दिएका छन् । उनकाे सन्देशमा भनिएकाे छ, ‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरेका छन् ।
‘नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij