२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाली एप ‘माइ टास्क’ सार्वजनिक, दैनिकी व्यवस्थापनमा सहयाेगी हुने

नेपाली एप ‘माइ टास्क’ सार्वजनिक, दैनिकी व्यवस्थापनमा सहयाेगी हुने

काठमाडौं । कामकाे व्यस्तताले गर्दा हाम्राे सेड्यूललाइ सही तवरले व्यवस्थित गर्न नसक्ने स्थिति हामी अधिकांशकाे रहने गरेकाे छ ।

त्यही दैनिक सेड्यूललाइ व्यवस्थित गर्नकाे लागि नेपाली युवाहरुले विकास गरेकाे माेबाइल एप्लिकेशन हाे ‘माइ टास्क’  ।

भर्खर विकास भएकाे यस एपमा आफूले बिभिन्न समयमा सम्पन्न गर्नुपर्ने कामहरु, महत्वपूर्ण भेटघाट,  बैठक तथा निश्चित समयभित्र सम्पन गरिसक्नुपर्ने कामहरुको विवरण कुन मितिमा गर्नुपर्ने हाे भन्ने  रेकर्ड गर्नुपर्छ ।

त्यसपछि एपले समयक्रम अनुसार क्रमशः आज, भोलि, एक हप्ताभित्र, एक महिनाभित्र तथा त्यसपछिका दिन र समयमा गर्नुपर्ने कामहरु व्यवस्थित ढंगले देखाउँछ ।

यस एपमा तोकिएको समयभित्र सम्पन्न गर्नुपर्ने कामकाे लागि एसएमएसमार्फत् प्रयोगकर्ताको मोबाइलमा  नाेटिफिकेसन पुग्ने फिचर समेत  छ ।

त्यस्तै एकै दिनमा गर्नुपर्ने कामको संख्या धेरै भएको अवस्थामा ती कामहरुको प्राथमिकता निर्धारण गर्ने, सम्पन्न भइनसकेका तथा निरन्तर निगरानीमा राख्नुपर्ने कामहरुलाई काम नसकिएसम्म दोहोर्याएर देखाइराख्ने साथै कुनै काम पछिलाई सार्नुपर्ने भए सजिलै सार्न मिल्ने फिचर्स यस एपमा समावेश छ ।

यस एपमा भएकाे अर्काे महत्वपूर्ण फिचर भनेकाे कुनै पनि बैठक सम्पन्न भैसकेपछि उक्त बैठकका निर्णयहरु भविष्यका लागि सुरक्षित भण्डारण गर्न सकिने व्यवस्था समेत हाे ।

यस एपका डिजाइनर हुन् इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका कार्यकारी अध्यक्ष इन्जिनियर अनुप खनाल ।

उनी उक्त एपकाे प्रयाेगबाट  नेता, व्यापारी, कर्मचारी, डाक्टर, इन्जिनियर, अभियन्ता, पत्रकार, शिक्षक  लगायत सबै प्राेफेसनल वर्गका व्यक्तिलाइ फाइदा पुग्ने दाबी गर्छन् ।

एपका सेवा र फिचर बारे बुझ्नकाे लागि  www.stationlogin.com/mytask मा गइ आफ्नो एकाउन्ट दर्ता  गर्न सकिन्छ ।

परीक्षणकालकाे रुपमा १ हप्ताकाे लागि एप निःशुल्क प्रयाेग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij