२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा पर्यटन र यसको सम्भावना

नेपालमा पर्यटन र यसको सम्भावना

काठमाडाैं । नेपाल प्राकृतिक स्रोत र भौगोलिक संरचना दृष्टिकोणले निकै पृथक देश हो । यहाँको भौगोलिक परिस्थिति समेत निकै भिन्न छ । मुलुकको विकासको लागि नेपालमा प्रशस्तै सम्भावनाहरु छन् । यद्यपि सबैभन्दा राम्रो र छोटो समयमा फड्को मार्न सकिने क्षेत्रको रुपमा भने पर्यटनलाई नै लिन सकिन्छ । वास्तवमा नेपालमा पर्यटन क्षेत्रको सम्भावना निकै राम्रो छ । साथै पछिल्लो समय पर्यटन क्षेत्रमा निजी तवरले लगानी गर्ने व्यवसायीहरुको सङ्ख्या समेत निकै नै वृद्धि हुँदै गइरहेको छ ।

नेपालमा सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाईंदैछ । यद्यपि नेपाल भ्रमण बर्षको रुपमा सन् २०२० घोषणा गरी राज्य पक्ष अघी बढेपनि अहिले सम्म नेपालको पर्यटन क्षेत्रको बारेमा राम्रो सन्देश प्रवाह हुने किसिमले भने अहिले सम्म खासै पहल हुन सकेको भने पाईंदैन । २० लाख पर्यटक भित्र्याउने योजना सफल पार्नको निम्ति जुन रुपमा काम हामी अघी बढ्नुपर्ने थियो, अहिले सम्म सोही बमोजिम काम हुन नसक्दा उक्त लक्ष्य परिणाममुखी हुने सम्भावना समेत निकै कम देखिन्छ ।

नेपालमा मनाउन लागिएको भ्रमण बर्ष सम्पन्न गर्नको निम्ति अहिलेको पूर्वाधार कत्तिको पूर्ण छ भन्ने सम्बन्धमा खासै अध्ययन नगरी अघी सारिएको यो कार्यक्रम नेपालमा सम्पन्न हुन सक्ने सम्भावना निकै कम देखिन्छ । नेपालमा यस कार्यक्रमलाई सम्पन्न गर्नको निम्ति नेपाली युवाहरुलाई सेवा प्रवाहमा खटाउनको लागि पहिले देखि नै सम्बन्धित क्षेत्रको लागि तालिम तथा प्रशिक्षण प्रदान गर्नुपर्ने भएपनि अहिले सम्म यसको लागि पहल गर्न सकेको पाईंदैन ।

पछिल्लो समय नेपालमा आउने पर्यटकहरुको निम्ति सहज माध्यम हवाई यातायात बनेको छ । तर नेपालमा हवाई दुर्घटना बढिरहेको कारण यो निकै चिन्ताको विषय बनेको छ । यसलाई न्यूनीकरण गर्न नसक्दा नेपालका उच्चपदस्थ व्यक्तिहरु सहित थुप्रैले अकालमा ज्यान गुमाउनुपरेको छ । साथै यसबाटल नेपालमा आउन चाहने पर्यटकहरुलाई समेत सुरक्षाको अनुभूति दिलाउन गाह्रो पर्न सक्नेमा विचार गर्दै हवाई दुर्घटना न्यूनीकरणको लागि आवश्यक पहल गर्नु जरुरी छ । साथै नेपालमा अहिलेको अवस्थामा पनि पर्यटकहरुको बढ्न सक्ने सङ्ख्यालाई लक्षित गरी उनीहरुलाई आवश्यक पर्ने सेवासुविधाहरु कसरी बढाउने भन्ने सम्बन्धमा समेत नेपाल सरकारले ध्यान दिन सकेको छैन । पर्यटन क्षेत्रमा नयाँ सम्भावनाका क्षेत्रहरुको बारेमा समेत अहिले सम्म खासै चासो दिन सकिएको छैन ।

पर्यटन क्षेत्रलाई राम्रो तवरले अघी बढाउनको निम्ति अबका दिनमा ग्रामीण क्षेत्रका सम्भावनाहरुको पहिचान गर्नुपर्ने आवश्यकता समेत छ । अहिले सम्म नेपालको पर्यटन क्षेत्र शहरी क्षेत्र र केही विशेष सम्भावनायुक्त क्षेत्रमा मात्र केन्द्रित हुँदै आएकोमा आगामी दिनमा यस क्षेत्रका नयाँ सम्भावनायुक्त क्षेत्रहरुको खोजी गर्नुपर्ने आवश्यकता समेत छ । खासगरी ग्रामीण क्षेत्रका युवा र महिलाहरुलाई रोजगारी सृजना हुन सक्ने गरी नयाँ क्षेत्रहरुको खोजी हुन सकेको खण्डमा ग्रामीण क्षेत्रमा पर्यटकहरुले राम्रो सुविधा पाउने अवस्था एकातिर सृजना हुन्छ भने अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरुको आर्थिक अवस्था सृजना हुने र यसबाट उनीहरुको अवस्था माथि उठाउन समेत निकै सहयोग पुग्छ ।

नेपालमा अहिले सम्म हामीले पर्यटकहरुको सङ्ख्या बढाउनेमा मात्र केन्द्रित भएका छौं । आगामी दिनमा हामीले कस्ता पर्यटकहरुको सङ्ख्या बढाउने र कति पु¥याउने भन्ने सम्बन्धमा पनि विशेष चासो सहित काम अघी बढाउनु जरुरी छ । नेपालमा हामीले कस्ता पर्यटक बढाउने र हाम्रो पर्यटन क्षेत्रको योगदान कुल जिडिपीमा कति बर्षमा कुन अवस्थामा पु¥याउने भन्ने सम्बन्धमा लक्ष्य सहित अघी बढेको खण्डमा हामीले हाम्रो अवस्था छोटो अवधिमा नै निकै माथि उठाउन सक्छौं । साथै यसको लागि हामीले हाम्रो पर्यटनलाई अहिलेकै अवस्थामा मात्र नभई मानवनिर्मित संरचनालाई समेत साथ लिन सकेको खण्डमा अझ माथि उठाउन सकिने अवस्था रहे त्यस तर्फ पनि ध्यान केन्द्र्रित गर्नुपर्छ ।

नेपालमा पर्यटन क्षेत्रले निकै ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्छ । पर्यटक भित्र्याउने उद्धेश्यले हामीले कुनै भौतिक संंरचना निर्माण गर्ने हो भने त्यसलाई बहुउपयोगी संरचना समेत बनाउन सकिन्छ । कुनै पनि भौतिक पूर्वाधार निर्माण कार्य छोटो योजनाबाट मात्र निर्माण गर्ने हो भने त्यो दिगो नहुन सक्छ । त्यसकारण हामीले दिगो योजनालाई विचार गरेर सोहीबमोजिम हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी छ ।

हामीले हाम्रो अहिलेको विकासलाई मात्रै नभई त्यसको दिगो प्रभाव के रहन्छ भन्ने सम्बन्धमा पनि त्यत्ति नै सचेत बन्नुपर्छ । नयाँपनको खोज र अनुसन्धानको लागि हामी सदैव तयार नै रहनुपर्छ । यसको लागि उक्त क्षेत्र पनि हाम्रो प्राथमिकतामा नै रहनुपर्छ । यसको लागि हामीले सोही बमोजिम आवश्यक स्रोत र साधनको उपलब्धता हुनुपर्छ । नेपाली युवाहरुलाई नेपालमा नै अवसर छन् र पर्यटन क्षेत्र समेत नेपाली युवाहरुको निम्ति राम्रो प्लेटफर्म हुन सक्छ, शहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत वायोपर्यटन तथा यस सँग सम्बन्धित गतिविधिहरु सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा हामीले विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यसबाट नेपाली युवाहरुमा आफ्नो सोचाईको दायरालाई बढाउनको निम्ति विशेष सहयोग प्राप्त हुनेछ । जसले गर्दा उनीहरु आफैं पनि नेपालमा नै रहेर काम गर्न र नेपालका बाँझो बन्दै गएका भूमीहरुलाई हराभरा बनाउनको निम्ति प्रेरित हुन सक्छन् ।

नेपाली युवाहरु अहिले नेपालमा राम्रा अवसरहरु छैनन् भन्ने रेडिमेड भावनाबाट प्रभावित छन् । उनीहरुको चेतनामा नेपालमा पनि यस्ता यस्ता सम्भावना छन्, नेपालमा रहेर पनि राम्रो आय र प्रतिष्ठा कायम गर्न सकिन्छ भन्ने सम्बन्धमा थुप्रै अभिप्रेरक कार्यक्रमहरु सञ्चालन गरिदिने हो भने नेपालका हाम्रा भूमीहरु पूःन हराभरा हुन धेरै बर्ष लाग्नेछैन । जसले गर्दा हाम्रा हरेक डाँडापाखा र खेतवारीहरु हाम्रा पर्यटन आकर्षणको नयाँ माध्यम बन्न सक्छन् । हामीले अबका दिनमा यस्ता कुराहरुमा यस्ता विचार गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij