नेपाल सरकारले जेठ २० गते सम्म लकडाउन लम्ब्याउने घाेषणा गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथाको उपयुक्त विल्कप लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो। नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने अहिलेसम्म दुई सय ९६ जना व्यक्ति संक्रमित भएका छन्।
उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनका कारण संभावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको र आँकलन नै गर्न नसक्ने अवस्था आउन नपाएको बताएका थिए।
उता भारत सरकारले पनि बढ्दाे काेराेना जाेखिमलाइ लक्षित गर्दै लकडाउनको अवधि थप गरेकाे छ । चाैथाे चरणमा २ हप्ता लकडाउन थपेर जेठ १८ सम्म पुर्याएकाे छ ।
भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij