काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आज राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
मृतक महिला ८ दिनकी सुत्केरी हुन् ।
उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशु जन्माएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो ।
तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij