२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा आयुर्वेद चिकित्साको वर्तमान अवस्था

नेपालमा आयुर्वेद चिकित्साको वर्तमान अवस्था

आयुर्वेद चिकित्सा दैविककाल देखि नै चलिआएको पौराणिक चिकित्सा पद्दति हो भन्ने कुरा सर्वविदितै छ । हाम्रो देश नेपाल जडिबुटीको धनि देश हो , हाम्रै देशको जडिबुटी अरु राष्ट्रले खरिद गरि सो को प्याक गरि हामीलाई नै बेच्ने गर्दछन, तर सरकार मुकदर्शक भई किन्न बाध्य छ किनकी सरकारले आयुर्वेदलाई वेवास्ता गरेको छ । वास्तवमा आयुर्वेद चिकित्साको मुख्य उद्देश्य स्वस्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको उपचार गर्नु हो ।

“स्वस्थ्यस्य स्वास्थ्य रक्षणम् , आतुरस्य विकार प्रशमनं च”
हाम्रो देशमा दिनानुदिन आयुर्वेद चिकित्सा पद्दतिको अवस्था दयनीय एवं भ्रामक पनि हुदैँ गएको छ । त्यसका बिभिन्न कारणहरु यस प्रकार छन् ।
 आयुर्वेदलाइ सबैभन्दा पहिले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सौतेलो व्यवहार गरेको छ, जतिबेला राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ अनुरुप प्रत्येक साबिक गाउँ विकास समिति मा एउटा आयुर्वेद स्वास्थ्य संस्था अनिवार्य भनिएको थियो, तर कार्यान्वयन भएन ।
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सधै हेय दृष्टिले हेरेको आयुर्वेद चिकित्सा पद्दति यसपाली कोविड़ ९१९ महामारीको बेलामा पनि अछुत रहन सकेन । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको कोविड़ र कोरोना तथा अन्य रोग उपचार सम्बन्धी निर्देशिकामा आयुर्वेदको अ को पनि उच्चारण समेत भएको छैन । चीनले कोविड़ जितेको चाइनिज ट्रेडिसनल मेडिसिनले नै हो, भारतले पनि आयुष मन्त्रालयलाई कोविड़ र कोरोना जित्नको लागि आयुर्वेद चिकित्सा पद्दतिलाई अगाडी सारेको छ ।
पूरा विश्वलाई थाहा छ कि रोग प्रतिरोधात्मक शक्ति बढाउने कुनै औषधि न त विश्व स्वास्थ्य संगठन संग छ, न त एलोपेथिक चिकित्सा पद्दति संग छ । तर नेपालको सम्मानीय प्रधानमन्त्री ज्यू के।पी।शर्मा ओलीले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने लक्ष्य लिई आयुर्वेद चिकित्सा पद्दतिको उत्थान गर्ने व्यक्तित्वको कार्यकालमा तथा कोरोनाको लडाइमा आयुर्वेदको अस्तित्व नै गुमाउने व्यवहार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले गर्नु खेदजनक मात्र होइन सम्मानीय प्रधानमन्त्री के।पी।शर्मा ओलीको विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय रुपी सपनालाई नै तुहाएको छ ।
 कतिपय उच्च पदस्थ व्यक्तित्वहरुले पदरकुर्सीमा छउन्जेल आयुर्वेदलाइ हेय दृष्टि ले हेर्ने पदावधि सकिएपछि वा अवकाश भएपछि समाजमा, सामाजिक संजालमा, युट्युब आदिमा अरु काम केहि गर्न नसक्दा आयुर्वेदको विज्ञ बनेर आदर्श छाँट्ने गर्दछन्, तर त्यस्ता व्यक्तिहरु आयुर्वेदका महाशत्रु हुन् ।
 राष्ट्रको चौथौं अंग ९संचार माध्यमहरुले० आयुर्वेद सम्बन्धी लेख, रचना वा श्रव्य –दृश्य सामग्री , विज्ञापन आदिको प्रकाशन प्रसारण गर्नुपूर्व आयुर्वेदको आधिकारिक चिकित्सक वा स्वास्थ्यकर्मी हो कि होइन वास्तविक सत्य तथ्य को पूर्ण पहिचान नगरी व्यक्तिगत स्वार्थमा लिप्त भई भ्रामक समाचार , लेख,रचना,बिज्ञापन प्रकाशन प्रशारण गरिनु दुस्खद रहेको छ ।

 सडक पेटीमा, गाडीमा , झोला छाप व्यापारी हरुले माइकिंग गर्दै भ्रामक प्रचार प्रसार गरेर आयुर्वेदको नाममा दुरुपयोग भईरहेको अवस्था छ ।

सरकारले चाल्नुपर्ने अतिआवश्यक कदम
 आयुर्वेद चिकित्सालाई मौलिक चिकित्सा पद्दतिको रुपमा विकास गर्नुपर्ने
 महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन अनुसार धर्म बिनाको विज्ञान लंगडो हुन्छ तथा विज्ञान बिनाको धर्म अन्धो हुन्छ ठिक त्यसै प्रकारले आयुर्वेदमा धर्म र विज्ञानको संयोग छ , तसर्थ जसरि नेपालको सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने लक्ष्य लिई आयुर्वेद चिकित्सा पद्दतिको उत्थान गर्ने सोचलाई साकार पार्न तथा वर्तमान विज्ञान संग पनि उपचार नभएको कोरोना भाइरसको कारणले आज पुरा विश्वनै ठप्प रहेको अवस्थामा नेपाल र नेपालीको अस्तित्व रक्षा गर्न सम्मानीय प्रधानमन्त्री के।पी।शर्मा ओली ज्युले यथाशिघ्र निर्देशन जारि गरि आयुर्वेद चिकित्सा पद्दतिलाई समेत मूलधारमा ल्याई एकीकृत रुपमा एलोपेथ र आयुर्वेद मिलेर कोरोना रुपी महामारी बाट मुक्त गराउनुपर्ने ।
 भ्रामक लेख रचना टिप्पणी विज्ञापन तथा श्रव्य दृश्य सामग्री प्रकाशन प्रशारण गर्ने संचारमाध्यम लाई विद्युतीय अपराध ऐन अनुरुप कारवाही गर्नुपर्ने तथा त्यस्ता लेख रचना टिप्पणी विज्ञापन को रचनाकार लाई समेत कानुन अनुरुप कारवाही हुनुपर्ने ।
 आयुर्वेद क्षेत्रको योग्यता नभएका तर आफु आयुर्वेदको विज्ञ हुँ भन्ने देखाउनका लागि सामाजिक संजालमा, युट्युबमा, लेख्ने बोल्ने तथा भ्रम सृजना गर्नेलाई कानुन अनुरुप कारवाही हुनुपर्ने ।
  तब मात्र आयुर्वेदको अस्तित्व जोगाउन सकिन्छ ।

आयुर्वेद पद्धति  अपनाऔं । आफु पनि बचौं । अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij