काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाल
लगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो ।
दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए ।
आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij