काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीको चौथो पूर्ण बैठक लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष कमरेड श्री प्रसाद पाण्डेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव तथा पूर्व मन्त्री आदरणीय कमरेड छबिलाल विश्वकर्मा, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सम्पर्क कमिटीका पूर्व इन्चार्ज तथा केन्द्रीय सदस्य कमरेड नरेन्द्र कुमार श्रेष्ठ, हालका इन्चार्ज तथा केन्द्रीय सदस्य कमरेड इन्द्र भण्डारी, सम्पर्क समन्वय कमिटीका संयोजक कमरेड श्याम बस्नेत, सहसंयोजक कमरेड ठानेश्वर बस्याल, सचिव कमरेड आरसी लामिछाने, सम्पर्क समन्वय कमिटीका सदस्य लगायतका अतिथि कमरेडहरुको उपस्थिति रहेको थियो।
साथै सो बैठकमा लुम्बिनी प्रदेश सम्पर्क कमिटीका लेखा आयोगका पदाधिकारी कमरेडहरु, प्रदेशका पदाधिकारी तथा सदस्य कमरेडहरु, जिल्ला सम्पर्क मञ्चका अध्यक्ष तथा प्रतिनिधि कमरेडहरुको उपस्थिति रहेको थियो।
चौथो पूर्ण बैठकले निम्न निर्णयहरु गरेको छ।
१) लुम्बिनी प्रदेश सम्पर्क कमिटीका पूर्व इन्चार्ज कमरेड नरेन्द्र श्रेष्ठलाई इन्चार्ज रूपमा खेल्नु भएको भूमिकाको उच्च सम्मान गर्दै विदाई गरेको छ भने नयाँ इन्चार्ज कमरेडलाई बैठकमा स्वागत गरिएको छ।
२) विभिन्न जिल्ला र विभागहरुको सम्पन्न गरेका कामहरुको रिपोर्टिङ सम्पन्न गरिएको छ ।
३) यही आश्विन ५ गते सम्पर्क समन्वय कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा ७४ जिल्लाहरूको मूल्यांकन घोषणा कार्यक्रममा उलेख्य सहभागिता जनाउने निर्णय गरेको छ।
४) यस प्रदेशले आश्विन १२ गते शुभकामना आदानप्रदान कार्यक्रम तथा सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ।
५) स्कूल विभाग, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, कार्यालय तथा अनुगमन विभाग, कानुन विभाग, आर्थिक विभाग गठनलाई अनुमोदन गर्ने निर्णय गरेका छ ।
६) संगठन बिस्तार अभियान सञ्चालन गर्ने र सोका लागि घर फर्क अभियान, पार्टी प्रवेश अभियान तथा एक सदस्य बराबर नयाँ एक सदस्य बिस्तार अभियान चैत्र महिना सम्म संचालन गर्ने निर्णय गरेका छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij