२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

निर्वाचनलाई खर्चिलो नबनाउन अध्यक्ष ओलीकाे आग्रह

निर्वाचनलाई खर्चिलो नबनाउन अध्यक्ष ओलीकाे आग्रह

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन्।

काठमाडौँ–बझाङ मञ्चले शनिबार आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे। पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उनले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिए।

“मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना खाएर आउन भन्छु”, उनले भने, “चुनावमा खुवाउन पियाउन हुँदैन। चुनाव मेरोमात्र हो र?”

उनले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गरे। अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरे।

उनले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गरे। केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उनले निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij