२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

निर्माण व्यवसायीहरु आन्दोलनमा

निर्माण व्यवसायीहरु आन्दोलनमा

नेपाल निर्माण व्यवसायी महासंघ राज्यका नीतिहरुको कारण निर्माण सम्बन्धी कामहरु अलपत्र परेको भन्दै आज देखि आन्दोलनमा जाने भएको छ ।

मंसिर ४ गते काठमाडौंमा भएको निर्माण व्यवसायीहरुको भेलाले २५ बुँदे संशोधन र खारेजीका मागहरु समेटिएको ज्ञापनपत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आन्दोलन गरेर सरकारलाई आफ्ना मागहरु बारे गम्भीर बन्न ध्यानाकर्षण गराउने महासंघको कार्यक्रम छ ।

राज्यले समयमा सम्पन्न हुन नसकेका आयोजनाहरुमा म्याद थप नगरेको कारण साना ठूला गरी करिब २२ सय आयोजनाहरु अलपत्र अवस्थामा रहेको महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा बताए ।

आन्दोलन कार्यक्रम अन्तरगत पहिलो चरणमा सोमबार देखि १ हप्ता सम्म हरेक दिन १ घण्टा प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना बस्ने, मंगलबार देखि महासंघ, प्रदेश र जिल्ला स्तरीय संघहरु तथा निर्माण व्यवसायी फर्म कार्यालयमा कालो झण्डा राख्ने र व्यवसायीहरु कालो पट्टि बाँध्ने कार्य गरिनेछ ।

माग सम्बोधन नभए दोस्रो चरणमा माइतीघरमा प्रदर्शन, इजाजतपत्र सरकारलाई बुझाउने, बोलपत्र वहिष्कार गर्ने, हेभी इक्युपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने तथा विकास निर्माणका कार्यहरु ठप्प पार्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij