२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो संखुवा खाेलाको पिपिए आज सम्पन्न

निर्माणाधिन ४० मेगावाट क्षमताको माथिल्लो संखुवा खाेलाको पिपिए आज सम्पन्न

काठमाडौं । संखुवासभा जिल्लामा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको माथिल्लो संखुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए)  आज सम्पन्न भएको छ ।

उक्त आयोजना ह्याप्पी इनर्जी प्रा.लि.ले  निर्माण गर्न लागेको हो  । आयोजनास्थल संखुवासभाको सिलिचाेङ गाउँपालिकामा रहेको छ ।

रन अफ द रिभर सिष्टमबाट विद्युत उत्पादन गरिने उक्त आयोजनाबाट २३५.४ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

विद्युत खरिद सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनी बीच भएको पिपिएले आफूहरूलाई निकै उतसाहित बनाएको ह्याप्पी इनर्जी प्रा.लि.का अध्यक्ष इन्द्र बिष्टले बताउनुभयो ।

विद्युत उत्पादनको निम्ति आयाेजनामा २०-२० मेगावाटका  जर्मनी कम्पनीबाट निर्मित २ वटा पेल्टन टर्बाइन जडान गरिनेछ ।

प्रबर्द्धक कम्पनीले आयोजनाबाट २०८५ जेठ सम्मा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij