२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

निजगढमामा सम्पन्न  ग्रील ब्यवसायी स‌ंघको भेलामा व्यवसायलाइ व्यवस्थित गर्न जाेड

निजगढमामा सम्पन्न  ग्रील ब्यवसायी स‌ंघको भेलामा व्यवसायलाइ व्यवस्थित गर्न जाेड

माघ  ११ गते बाराको निजगढमामा  ग्रील तथा स्टील ब्यवसायी सघ बाराको प्रथम भेलाको उद्घाटन गर्दै   ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारको नीतिका कारण अधिकांश   ग्रील उध्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कँदा ब्यवासाय ब्यवस्थित हुन नसकेको जानकारी गराउँदै  सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान समेत बाधा परेको बताउनुभयो।

भौतिक पुर्वाधारको पनि पुर्वाधार विकासमा नभइ नहुने ग्रील तथा स्टील ब्यवसाय काठको विकल्पको रुपमा देखिएको हुँदा यसले वनजङ्गल विनास कम गर्न मद्दत पुगि वातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको बताउँदै उहाँले यस क्षेत्रकाे विशेष महत्त्व रहेकाे समेत बताउनुभयाे ।

यस क्षेत्रमा  नयाँ प्रविधि भित्र्याएर उत्पादकत्व बढाउन  सकिने बताउँदै त्यस तर्फ लाग्न ब्यवसायिहरुलाइ अध्यक्ष कटुवालकाे आग्रह रह्याे । अधिकाश श्रमिकहरुलाइ सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नभएकोले र श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोषामा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ  व्यापक रुपमा सचालन गर्न र साना उध्योगिहरुलाइ सरकारले शुरुमा केही अनुदान दिनसके  सामाजिक सुरक्षा कोषमा जान सक्ने वातावरण बन्न सक्ने कटुवालकेा धारणा छ ।

कार्यक्रममा महासघका महासचिव बिबेकदास श्रस्ठले ६७ जिल्लामा आफ्नो सन्जाल बिस्तार गरिसकेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले अन्तरास्ट्रिय स्तरमा समेत सम्बन्ध  बिस्तार गर्न लागिरहेको बताउनुभयो ।

केन्द्रीय सदस्य प्रकाश पौडेलले ब्यवसाय सन्चालन गर्दा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमलाइ देशब्यापी रुपमा सन्चालन गर्नुपर्ने बताउनुभयो। मकवानपुरका अध्यक्ष श्री कुमार पौडेलले सरकारले निर्धारण गरेको ग्रीलजन्य सामानको मूल्य सुचिलाइ आधार मानी काम गर्दा ब्यवसायिलाइ थोरै भएपनि राहत मिल्ने बताउनुहुँदै स्वस्थ प्रतिस्पर्धा गर्न सबै ब्यवसायिलाइ आग्रह गर्नुभयाे । भेलाले रेशम बहादुर जर्घामगरको अध्यक्षतामा १५ सदस्यीय  कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij