२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नवनियुक्त मुख्यसचिव लीलादेवी गड्ताैलाः पहिलो महिला मुख्यसचिव  

नवनियुक्त मुख्यसचिव लीलादेवी गड्ताैलाः पहिलो महिला मुख्यसचिव  

 

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । यससँगै उनी पहिलो महिला मुख्यसचिव बनेकी छिन् ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै गड्तौलालाई असार ९ निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो। त्यस्तै, असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

२०७७ कात्तिकमा सचिव भएकी गडतौला यही भदौ १५ गतेसम्म मात्र मुख्यसचिव रहने छिन् । ५८ वर्षे उमेरहदका कारण उनी भदौ सोही दिनदेखि अवकाश हुनेछिन् ।

गडतौला २०५२ साल पुसमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij