सुनको मूल्य बढ्ने क्रम जारी छ । आज नेपाली बजारमा सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ । यससंगै सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij