२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नबिल बैंक र मिडास एजुकेसन बिच समझदारी पत्रमा हस्ताक्षर

नबिल बैंक र मिडास एजुकेसन बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालि बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामाग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ ।

यसैबीच बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो । जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij