२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

धादिङमा भारतीय नम्बरका २ ट्रकमा आगजनी

धादिङमा भारतीय नम्बरका २ ट्रकमा आगजनी

धादिङ । धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाटसमेत दमकल मगाइएको छ ।

आगो कसले लगायो भन्ने खुलेको छैन । तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij