मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज बिहीबार दलहरूले उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।
धरान उपमहानगरपालिकाको प्रमुखसहित तीन गाउँपालिका र ४३ वडाका जनप्रतिनिधिको लागि हुने उपनिर्वाचनको मनोनयन दर्ता आज भएको छ ।धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते गते हुन गहिरहेको उपचुनावमा नेपाली कांग्रेसका तर्फबाट तिलक राईले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।

हजारौं संख्यामा जम्मा भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नौमती बाजागाजा प्रदर्सन सहित राईले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

राईको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा सहित धरानका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
तत्कालिन नगर प्रमुख तारा सुब्बाको निधन भए पश्चात धरानमा मेयर पद रिक्त रहको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij