२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

दैलेखमा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेखमा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख – दैलेखमा माइक्राेबस दुर्घटना हुँदा शुक्रबार ३ जनाको ज्यान गएको छ ।

सुर्खेत बाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरकाे माइक्रोबस गुराँस गाउँपालिका-४, मुग्राँमा दुर्घटना हुँदा ज्यान गुमाउनेमा बर्दियाकाे मधुवन नगरपालिका-६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उहाँकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका-३, तातोपानीका ५३ थीरबहादुर सुनार रहेका प्रहरीले जनाएको छ ।

सडकमा पानी जमेको खाल्डो छलाउँदा दुर्घटना भएको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij