काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभरबाट थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी काठमाडाैं उपत्यकामा काेराेना संक्रमण पुष्टि हुनेहरुकाे सङ्ख्या ४४ रहेको छ । जसमध्ये काठमाडौंमा ३६, ललितपुर ४ र भक्तपुरमा ४ जना रहेका छन् ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा हाल देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको जनाएका छन् ।
पछिल्लाे २४ घण्टामा थप १४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij