काठमाडौँ, ३ वैशाखः हाल देशमा स्थानीय वायुले प्रभाव जमाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा मौसम सफा रहनेछ भने पहाडी क्षेत्रहरूमा भने आंशिकदेखि सामान्य बदलीको अवस्था देखिनेछ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र चट्याङसहितको मौसम देखिन सक्नेछ। बाँकी भू–भागमा भने मौसम खुल्ला रहने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij