शशि पन्थी, भैरहवा । दुर्गा तिवारीका हत्याराहरुको प्रगति देखिएकाले अपराधीहरु कानुनबाटै जेल जाने प्रदेश नं ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् ।
सहिद दुर्गा तिवारीको द्वितीय दुर्गा तिवारी स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७५ समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै मन्त्री गिरीले सहिद दुर्गा तिवारीलाई सम्झेर खेल प्रतियोगिताको आयोजना गरिएको बताउँदै भने,“कानुनका हात धेरै लामा हुन्छन्, कानुनले कसैलाई पनि छोड्दैन, कानुन भन्दा बाहिर हामीले आस पनि गर्नु हुँदैन ।”
अनेरास्ववियु पक्लीहवा क्याम्पस कमिटिका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि स्व. दुर्गा तिवारीका सहोदर दाजु चक्रपाणि तिवारी, पक्लीहवा क्याम्पसका निमित्त क्याम्पस प्रमुख शैलेष गुरुङ, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि अधिकारी, नेकपा एमाले रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं ३ का संयोजक हितराज पन्थी, क्षेत्र नं ३ घनश्याम भुषालका क्षेत्रिय इञ्चार्ज तथा कार्यालय प्रमुख मनोज कुमार रिजाल, अनेरास्ववियु रुपन्देही पूर्व सहसचिव तथा क्षेत्र नं विद्यार्थी संयोजक लक्ष्मी के.सि, सिद्धार्थ नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक थापा लगायतले मन्तव्य व्यक्त गर्दै स्व. दुर्गा तिवारी अजर र अमर भइसकेको बताएका थिए ।
दर्गा तिवारी स्मृति रनिङ शिल्ड फुटवल प्रतियोगिता २०७५ मा सुनौलो फुटबल क्लवले सिर्जना युवा क्लवलाई ३–१ को अन्तरले पराजित गर्दै विजय हासिल गरेको थियो । फुटवल प्रतियोगितामा प्रथम, द्वितिय तथा उत्कृष्ट खेलाडिहरुलाई पुरस्कार, प्रमाण पत्र तथा नगद प्रदान गरिएको थियो । अनेरास्ववियु पक्लीहवा क्याम्पस कमिटिका सचिव निराजन तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij