नेपाल डेरी एसोसिएसनले कठिन अवस्थामा पनि आफ्नो सेवा सुचारु राख्दै आएकाे छ ।
अहिले नेपालमा कारोना भाइरस (कोभिड–१९)कार् कारण २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरिएको छ ।
हालसम्म पनि लकडाउन कायम नै रहँदा समेत निर्वाध रुपमा सेवा सञ्चालन गर्ने मान्यता सहित निरन्तर सेवा प्रवाह गर्न किसान, उद्योगी, कामदार सबै खटिँदै आएका छन् । 
आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ता माझ सेवा जारी नै राखिरहन सकेकाेमा संघले सम्पूर्ण सराेकारवालाहरुमा हार्दिकता प्रकट गरेकाे छ ।
यद्यपि आज सम्म विनाराेकटाेक सेवा सञ्चालन गर्न पाएका डेरी तथा दुग्धजन्य सवारीलाइ आज देखि टाईम कार्ड निर्धारण गरी सञ्चालन गर्नुपर्ने व्यवस्थाकाे नेपाल डेरी एसाेसिएसनले आपत्ति जनाएकाे छ ।
एसाेसिएसनले एक विज्ञप्ति जारी गर्दै डेरी क्षेत्रलाई बिहान १० बजेसम्म मात्र कायम गरिएको सञ्चालन हुने व्यवस्था गर्नु अव्यावहारिक भएकाे बताएकाे छ ।
विज्ञप्तिमा डेरी क्षेत्रसँग सम्बन्धित सेवा २४ घण्टा भित्र कुनै पनि समयमा प्रवाह गर्नुपर्ने भएकाे कारण हाल तोकिएको समयभित्र रहेर दुध तथा दुग्ध पदार्थ ओसारपसार गर्न कठिन हुने कुरा उल्लेख गरिएकाे छ ।
साथै अहिले सार्वजनिक गरिएकाे समय तालिकामा औषधि र खानेपानिका सवारीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि समयसिमा नतोकि बिना रोकतोक संचालन गर्ने व्यवस्था गर्नकाे लागि अनुरोध समेत गरिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij