२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

दुई अर्ब बढीको सिमेन्ट तथा क्लिङ्कर भारत निर्यात

दुई अर्ब बढीको सिमेन्ट तथा क्लिङ्कर भारत निर्यात

  • आइतबार, बैशाख १४ २०८२

 

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालबाट भारततर्फ २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो।

जसमा १ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बराबरको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको छ। फागुन मसान्तसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो, जसमा १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको ७ लाख २४ हजार ५३० मेट्रिक टन सिमेन्ट र ६१ करोड ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन क्लिङ्कर समावेश थियो।

चैत महिनामा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ हजार ४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ। यो तथ्याङ्कले नेपालको सिमेन्ट उद्योगको निर्यात क्षमतामा उल्लेख्य वृद्धि भएको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij