काठमाडौं । असोजको पहिलो सातादेखि दशैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। दशैंतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो।
यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ।
हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन्। एयरलाइन्स कम्पनीले दशैंका लागि भनेर अग्रिम बुकिङ नखुलाउने तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन्।
यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij