२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थपिए ५ सय २५ जना कोरोना संक्रमित

थपिए ५ सय २५ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

साथै काठमाडौं उपत्यकामा १ सय २७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।

साथै मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएको जानकारी गराए।

यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे।

हाल देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij