काठमाडौं । पछिल्लो २४ घण्टामा काेराेना संक्रमण पुष्टि हुनेहरुकाे सङ्ख्या ३ सय १५ रहेकाे छ ।
यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।
देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३ सय १५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे समय काेराेना पुष्टि हुनेहरुमा सबैभन्दा धेरै कैलालीका छन् । जहाँका ९८ जनामा संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी बझाङमा ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना, सप्तरीका ७ जना, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij