२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थपिए १ सय ६६ जना काेराेना संक्रमित

थपिए १ सय ६६ जना काेराेना संक्रमित

काठमाडौँ- नेपालमा आइतबार थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार तनहुँका १, स्याङजाका २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका ५, बाँकेका ८, नेपालगञ्जका ४, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङमा १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा अहिलेसम्म ८ जनाको काेराेना संक्रमणकाे कारण मृत्यु भइसकेको छ भने २२० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij