काठमाण्डौ – नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले याे तथ्यांक सार्वजनिक गरेसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।
साथै सोमबार एकैदिन नै अत्यधिक बढी ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएकाे छ ।
पछिल्लो रिपोर्ट अनुसार थपिएका १८ मध्ये १२ जना बाँकेको रैनापुरका पुरुष रहेका छन् । त्यस्तै धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक जना पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
दैलेखमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै सोमबार पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना देखिएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij