२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

त्रिवि उपकुलपतिमा डा. खड्ग केसीलाई अस्थायी जिम्मेवारी

त्रिवि उपकुलपतिमा डा. खड्ग केसीलाई अस्थायी जिम्मेवारी

काठमाडौँ, २ वैशाखः त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको पदमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई अस्थायी रुपमा जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री एवं त्रिविको कुलपति केपी शर्मा ओलीले केसीलाई अधिकतम तीन महिनाका लागि कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) अनुसार उपकुलपति नियुक्ति नहुँदासम्मका लागि यस्तो व्यवस्था गरिएको हो। प्रधानमन्त्री ओलीको चैत ३१ गतेको निर्णयअनुसार शिक्षाध्यक्ष केसीलाई यो जिम्मेवारी दिइएको हो। यसअघि त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले राजीनामा दिएका थिए, जुन चैत २८ गते स्वीकृत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij