२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि काठमाडौंमा शुरु हुँदै

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं, २५ चैत: दिगो, सुरक्षित र प्रभावकारी यातायात प्रणाली विकासका लागि नीतिगत छलफल र सहकार्यलाई प्राथमिकता दिँदै आउँदो चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ काठमाडौंमा आयोजना गरिने भएको छ।

यो सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको पहलमा आयोजना गरिँदैछ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय सह-आयोजकका रूपमा रहने छन्।

सम्मेलनमा विभिन्न देशका यातायात विज्ञ, नीति निर्माणमा संलग्न व्यक्तित्व, प्रविधि र नवप्रवर्तनमा काम गरिरहेका विशेषज्ञहरू तथा सरोकारवाला निकायबीच सहकार्य गरी समग्र यातायात प्रणालीमा सुधार ल्याउने उपायहरूबारे व्यापक छलफल हुने आयोजकहरूले जानकारी दिएका छन्।

सम्मेलनको मूल उद्देश्य भनेको स्मार्ट यातायात प्रणाली प्रवद्र्धन गर्नु, जसमा कृत्रिम बुद्धिमत्ता (AI) र बौद्धिक यातायात प्रणालीको प्रयोग गरी आधुनिक सेवा विस्तार गरिनेछ। साथै, प्राकृतिक विपद्, जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग जुध्न सक्ने लचिलो पूर्वाधार विकासलाई समेत प्राथमिकता दिइनेछ।

सोसाइटीका अध्यक्ष डा. हरेराम श्रेष्ठका अनुसार सम्मेलनले नेपालको यातायात प्रणालीलाई अझ सुरक्षित, दिगो, नवप्रवर्तनमुखी र अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

उनले विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमार्फत प्रभावकारी नीति निर्माण, सेवा प्रवाह र यातायातको समग्र सञ्चालनमा सुधार ल्याउने रणनीतिहरू तय हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij