२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

तिव्र रुपमा फैलँदै कोराेना, सरकार भन्छ- क्षमताले भ्याउँदैन आफै सचेत हुनुहोस्

तिव्र रुपमा फैलँदै कोराेना, सरकार भन्छ- क्षमताले भ्याउँदैन आफै सचेत हुनुहोस्

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज जारी गर्नुभएको ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन अपिल गरिएको छ ।
सङ्क्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलाका साबुन पानीले हात धुने सबैभन्दा उत्तम उपाय रहेको जनाइएको छ ।

सङ्क्रमणबाट प्रभावित जिल्ला मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको अपिलमा उल्लेख छ ।

“कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तारिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्णरुपमा नगर्नु, नगराउनु हुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भीडभाड गर्ने काम बन्द गर्ने गराउने काम गर्न अन्यन्त जरुरी छ”, अपिलमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij