२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता 

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता 

 

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराउनुभएको हो ।

नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र ९आँखा० स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको बताइएको छ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा विधेयक गर्दै विभिन्न नविनतम विधामा अध्ययन अध्यापन मार्फत शैक्षिक गुणस्तर हासिल गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको उल्लेख गरेकी छिन्। ‘आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नु पर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न विश्वविद्यालय बनाउन जरुरी देखिएको छ, ‘ विधेयकको उद्देशमा भनिएको छ।’

आँखा उपचार सम्बन्धी वस्तु उत्पादन तथा आँखा स्वास्थ्यको क्षेत्रमा नयाँ प्रविधिको विकास तथा विस्तार गरी आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न तिलगङ्गा नेत्र विश्वविद्यालय आवश्यक भएको बताइएको छ।

काठमाडौँको तिलगङ्गामा रहेको तिलगङ्गा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । उत्पादित लेन्स विश्वभर नै बिक्री हुँदै आएको छ ।

डा. सन्दुक रुइतसहितको अगुवाइमा खुलेको यो आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो । गएको जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij