काठमाडौं, ५ चैतः डिशहोमले उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूका लागि ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत १ जीबीपीएस क्षमताको ‘अल्ट्राम्याक्स’ प्याकेज ल्याएको छ।
कम्पनीका अनुसार यो सेवा विशेष गरी भिडिओ स्ट्रिमिङ, गेमिङ, अनलाइन मिटिङ तथा धेरै डिभाइस प्रयोग गर्ने ग्राहकहरूका लागि उपयुक्त छ। नेपालमै पहिलोपटक वाई-फाई सिक्स प्राइमरी राउटर सहितको यो प्याकेज स्मार्ट होम तथा आईओटी डिभाइस प्रयोगकर्ताहरूका लागि उपयोगी हुनेछ।
यस योजनामा वाई-फाई सिक्स प्राइमरी राउटरसहित पाँच लाख रुपैयाँको जीवन बीमा सुविधा र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) निःशुल्क प्रदान गरिनेछ।
वाई-फाई सिक्स प्रविधि भएका राउटर पुराना राउटरहरूको तुलनामा छिटो हुने र फोरके/एटके भिडिओ स्ट्रिमिङ, आईपीटिभी, भीआर तथा अनलाइन गेमिङका लागि प्रभावकारी हुने कम्पनीले जनाएको छ।
यो प्रविधिले एकै समयमा ६४ ओटा डिभाइस जडान गर्न सक्ने क्षमता राख्छ। साथै, प्यारेन्टल कन्ट्रोल र सुरक्षित नेटवर्क पहुँच जस्ता सुविधाहरू पनि यसमा समावेश छन्। स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकर जस्ता आईओटी उपकरणहरू सहज रूपमा कनेक्ट गर्न सक्ने गरी डिजाइन गरिएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij