काठमाडौँ । त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्तिबाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने क्रममा प्रहरीबाट हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
‘मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटना हुनुले नेपाल चिकित्सक संघलाई स्तब्ध तुल्याएको छ,’ महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij