२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

डब्लुएचओबाट बाहिरिने घोषणाले ट्रम्प आलोचनामा

डब्लुएचओबाट बाहिरिने घोषणाले ट्रम्प आलोचनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेपछि उनको आलोचना तीव्र भएको छ ।

अमेरिकासहित विभिन्न देशमा ट्रम्पको तीव्र आलोचना भइरहेको हो । युरोपियन युनियन (इयु) ले ट्रम्पलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ ।

जमर्नीका स्वास्थ्य मन्त्रीले ट्रम्पको घोषणा अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि गम्भीर निरासाको कुरा रहेको बताएका छन् ।
अमेरिकी सिनेटको स्वास्थ्य कमिटिका प्रमुख, ट्रम्प जस्तै रिपब्लिकनले अहिले डब्लुएचओबाट बाहिरिने बेला नरहेको बताएका छन् ।

ट्रम्पले डब्लुएचओ कोरोना भाइरसको महामारीलाई लिएर चीनलाई जिम्मेवार एवम् पारदर्शी बनाउन असफल रहेको आरोप लगाउँदै सम्बन्ध समाप्त गर्ने घोषणा गरेका हुन् ।

बेलायत, दक्षिण अफ्रिकासहितले पनि ट्रम्पको घोषणाको आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij