२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ठगी गर्ने तीन जना पक्राउ

ठगी गर्ने तीन जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्ऽनगर नगरपालिका-७ का २४ वर्षीय भिमबहादुर थापा, दैलेखको गुराँस गाउँपालिका-४ का २२ वर्षीय विष्णु सिजाली मगर र भारत बिहार पूर्वी चम्पारण मोतिहारी २० वर्षीय असरफ अली रहेका छन् ।

उनीहरुको साथबाट नगद नेपाली ३५ हजार, भारतीय तीन हजार २० रुपिँया, विष्णु सिजाली मगरको सक्कल नागरिकता प्रमाणपत्र र भिमबहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र रहेको बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले उनीहरुले सोझा साझा व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत फोन गरी ठग्ने गरेको बताए ।

‘सामाजिक संजाल हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत पच्चीस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा एसएमएसबाट बधाई दिने गरेका रहेछन् । त्यसपछि उनीहरुले सोही सामाजिक सञ्जाल मार्फत बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई विश्वासमा पारी लट्री बापतको कर तिर्नुपर्छ भनेर रकम जम्मा गर्न लगाउने र ठग्ने गरेका रहेछन् ।’ एसपी रेग्मीले भने ।

माघ ७ गते प्रहरी निरीक्षक ज्ञानकुमार महतो समेतको प्रहरी टोली खटिइ खोज तलास गर्दै जाने क्रममा उनीहरुलाई वीरगंज महानगरपालिका-१५ स्थित न्यू वीरगञ्ज मनि ट्रान्सफरबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij