आज मिति २०७५ साल चैत्र १९ गते मङ्गलबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरिय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्चि प्रदान गरेको छ ।
उक्त कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले उक्त कार्यक्रमा महाशाखाका प्रमुख बसन्त पन्तलाई उक्त कुर्चिहरु हस्तान्तरण गर्नु भएको थियो ।
सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरी उपस्थित हुनु भएको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा महाशाखाका उच्च अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । नाडाले विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका समय देखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पुर्याउँ
दै आएको छ । यस्तो आपसी सहयोग र समन्वयबाट नाडा र महाशाखा विचको सम्बन्ध थप सुदृढ भएको नाडाले जनाएको छ । नाडाकोतर्फबाट उक्त कार्यको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गर्नु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij