काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै ८ क्लवबाट ३८ जना टोस्टमास्टर्सले डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा भारतको नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता मे १० देखि १३ सम्म आयोजना भएको थियो ।
उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्र्टस क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्र्टस क्लवको प्रतिनिधित्वसँग मिलेर तेस्रो स्थान हात पार्नुभयो ।
टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्ट मास्टर्स क्लवका निलादरी परियल र हिमालयन टोस्टमास्र्टस क्लवका रुपक मैनालीले दोस्रो स्थान सुरक्षित गर्नुभयो । एभरेष्ट टोस्ट मास्टर्स क्लव, काठमाडौं टोस्ट मास्टर्स क्लव, हिमालयन टोस्ट मास्टर्स क्लव, काठमाडौं कलेज अफ मेनेजमेन्ट टाेस्ट मास्टर्स क्लव र साँग्रिला टोस्ट मास्टर्स क्लवले डिस्टुइगिस्ट अहेड अफ टाईम अर्वाड
Distinguished Ahead of Time Award (DATA), (डाटा) अर्वाड जितेका थिए । साथै काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्र्टस क्लवले निर्धारित समय भित्र र्यापिड १० अवार्ड जित्न सफल भएको थियो । निकै प्रडक्टिभ एरिया डाइरेक्टरलाई दिइने स्टार लुमिनस अवार्ड Star Luminous Award एरिया आई २ का एरिया डाइरेक्टर रञ्जीत आचार्यले जितेका थिए ।
शुक्रबार नेपालमा टोष्टमार्टस क्लवका सदस्य बीच टोस्टमास्र्टस रबिन लामालाई सन् १९९१ मा नेपालमा टोष्टमाटर्स क्लव स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत सम्मान गरियो । साथै टोस्टमास्टस अश्विनि अग्रवाल, शोमराज आचार्य र माधव घिमिरेलाई नेपालमा टोष्ट मास्टर्स क्लवको विकासको लागि खर्चिको २५ वर्षलाई सम्झेर सम्मान गरियो ।
अहिले नेपालमा १२ वटा क्लबले एउटा छुट्टै डिस्टिक्ट ४१ जुन डिभिजन एमा पर्छ ,भएको छ । रञ्जीत आचार्य डिभिजन एको एरिया डाइरेक्टर चुनिनुभएको छ जुन टोष्ट मास्टर्स मुभमेन्टको ठुलो उपलब्धि हो । कार्यक्रममा रायन लामाद्धारा ७ औं भाबको हास्य विधामा आयोजित कार्यक्रमको आनन्द लिएका थिए ।
एभरेष्ट टोष्ट मास्टर्स क्लबका शुमन शाक्य,आइ ३ का एरिया डाइरेक्टर समेत हुन् । उनी डिस्टिक्ट ४१ को एसिस्टेन्ट क्लव ग्रोथ डाइरेक्टर भएका छन् । यो डिभिजन अन्तरगत नेपाल र भुटान समाबेस गरिएको छ ।
निर्देशकआचार्य भन्नुहुन्छ ‘नेपाल पनि अन्तर्रा्ष्ट्रिय स्तरमा एउटा बलियो प्रतिस्पर्धी भएको छ । यसले हामीलाई निकै गौरवान्वित
बनाएको छ । यसले नेपालीहरु यो प्रतिस्पर्धामा र नेतृत्वमा रहेर काम गर्न सक्छौँ भन्ने प्रमाणित भएको छ । हामी नेतृत्वतहमा यस टोष्ट मास्र्टस प्रतिस्पर्धामा सहभागिहुनपाउँदागौरभ महशुस गर्दैछौं । हाम्रो लक्ष्यभनेको टोस्ट मास्टर्सको गतिबिधिहरुलाई देशैभर फैलाएर सन् २०२० सम्ममा नेपालमा छुट्टै डिस्ट्रिक्ट स्थापना गर्नु हो।’
एभरेष्ट टोष्ट मास्टर्स क्लबका शुमन शाक्य भन्नुहुन्छ,‘हामी बौद्धिक र संस्कृतिक शक्ति हौं । यस क्षत्रको टोष्ट मास्टर्स परिवारमा अझै ठुलो जिम्मेवारी निभाउने समय आएको छ ।’
विगत २० बर्ष देखि सामान्य उपस्थिति जनाउँदै आएको नेपाल अब भने दह्रो उपस्थिति जनाउन सक्ने भएको छ । अहिले नेपाल क्षेत्रिय स्तरमा सक्रिय छ र अब क्षत्रिय र अन्तराष्ट्रिय स्तरमा टोस्ट मास्टर्स मुभमेन्टमा सहयोग गर्न सक्ने स्थानमा पुगेको छ । हाल नेपालमा १२ टोस्ट मास्टर्स क्लबका करिब ५०० सदस्यले साप्ताहिक रुपमा सार्वजनिक बहस,संचार र नेतृत्वकलाको अभ्यास गर्दै आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij