
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।
महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केवल लगायतका तारहरु व्यवस्थित गर्ने उदेश्यले तार काट्ने काम भइरहेको हो ।
तर, व्यवस्थापनको नाममा काटिएका तारहरू सडक पेटीमा अलपत्र छोडिंदा त्यसले झन् दुर्घटनाको जोखिम बढाएको पैदल यात्रुहरू बताउँछन् ।
बानेश्वर, थापागाउँ लगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीहरुले तार काटेर फुटपाथमै भद्रगोल रूपमा छोड्दा अल्झिएर लड्ने खतरा बढेको छ ।
काठमाडौं महानगर प्रहरीले यो विषयमा ध्यानाकर्षण भएको भन्दै एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तारहरुलाई सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिने जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij