टर्कीले सिरियास्थित एउटा कुर्दिश लडाकु समूहविरूद्ध स्थल कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई ’संयमित’ हुन आग्रह गरेको छ । इस्लामिक स्टेटविरुद्धको लडाइँमा उक्त समूह पश्चिमा मुलुकहरूको एउटा महत्त्वपूर्ण साझेदार रहिआएको छ । संयुक्त राज्य अमेरिकाले कारबाहीका क्रममा सर्वसाधारणको हताहती हुन नदिन र वाइपीजी समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ ।
फ्रान्सले अविलम्ब युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ। वाइपीजीले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । टर्कीको कुर्दिश विद्रोहीसँग सम्बन्ध भएकोले अंकाराले वाइपीजीलाई एउटा आतंकवादी समूहको रूपमा हेर्दै आएको छ । कुर्दिश लडाकुलाई धपाउने एउटा महत्वपूर्ण कारबाहीका क्रममा टर्कीका सैनिकहरू उत्तरी सिरियामा प्रवेश गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij